दफा १५
मुद्दा मामिलाको उजुरी र कारवाई
(१) यस ऐन अन्र्तर्गत सजाय हुने मुद्दा मामिला संस्थान वा सम्बन्धित विभागको उजुरीबाट मात्र दायर हुन सक्नेछ र उपदफा (२) बमोजिम आफ्नो अधिकार क्षेत्रको मुद्दा मामिलामा कसैको उजुरी नभए पनि सम्बन्धित विभागले मुद्दाको कारवाई चलाउन सक्नेछ ।
(२) दफा १३ को उपदफा (३) अन्र्तर्गत सजाय हुने अपराध सम्बन्धी मुद्दा मामिलाको कारवाही र किनारा गर्ने अधिकार सम्बन्धित विभागलाई हुनेछ र सम्बन्धित विभागले गरेको फैसला वा अन्तिम निर्णय उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।
(३) …………………